नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरमा बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी गरेको छ ।
यस्तै प्रदेश नं १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भिम प्रसाद आचार्यका भाइ मृत फेला परेका छन् ।
भिमका भाई राम प्रसाद आचार्य आफ्नै कोठामा मृत भेटिएका हुन्
ढोकाको चुकुल लगाएर सुतिरहेको अबस्थामा उनको शब भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घरमा उनी पत्नीको साथमा बस्ने गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया