नेपाल पक्षका २० जना एमाले केन्द्रीय सदस्य ओलीतिरै, पार्टी पुनःस्थापना गरेयता पहिलोपटक एमालेको बैठकमा सहभागी हुँदै

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमाले विभाजन गरी वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० बनाएका छन् । यो सँगै अहिले एमालेका नेताहरू एमालेमै रहने र नेपालको नयाँ पार्टी जाने क्रम चलिरहेको छ । 

यसै क्रममा यसअघि नेपाल पक्षमा रहेका एमालेका २० जना केन्द्रीय सदस्य ओली अर्थात् एमालेतर्फ लागेको उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सर्वोच्च अदालतले पार्टी पुनःस्थापना गरेयता ती नेताहरु आज पहिलोपटक एमालेको बैठकमा सहभागी हुँदै छन् । 

एमाले उच्च स्रोतका अनुसार भानुभक्त जोशी, झपट रावल, राजबहादुर बूढा, ठाकुर गैरे, रवीन्द्र अधिकारी एमालेमै रहने भएका हु्न् । यस्तै निरज आचार्य, श्रीमाया थकाली, सीता गिरी ओली, माधव अर्याल, सुरेन्द्र मानन्धर पनि एमालेमै बस्ने भएका हुन् । 

यसैगरी अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले पनि एमालेमै आबद्ध हुने भएका हुन् । नेपाल पक्षका अरू थप नेता पनि एमालेतिरै आउने क्रम जारी रहेको उच्च स्रोतले दाबी गरेको छ ।  

यसअघि मंगलबार मात्र लामो समय नेपाल पक्षमा रहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघु पन्त, गोकर्ण विष्टलगायत १० नेता एमाले पुनःस्थापनायता पहिलोपटक स्थायी कमिटीको  बैठकमा सहभागी हुँदै एमालेमा एकताबद्ध भएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया