काठमाडौं, साताको अन्तिम कारोबार दिन(बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ४८.४२ अंक घटेर ३०७६.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.५९ अंक बढेर ३०८५.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५७ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४२ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्य २७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया