होबार्टले नयाँ सिजनका लागि अनुबन्ध गर्‍यो सन्दीपलाई, बिग बास लिग खेल्ने पक्का

४ बर्ष अगाडि

काठमाडौं - नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग ९बीबीएल० खेल्ने पक्का भएको छ ।

होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसपालि उनी पहिलो रोजाइमा परेका छन् । 

सन्दीपले गएको सिजन होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले त्यसअघि मेलवर्न स्टार्सबाट खेलेका थिए । सन्दीपले अष्ट्रेलिया गएर हुरिकेन्सबाट खेल्न आफू तयार रहेको बताएका छन् ।

बिग बासको नयाा सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तय छ । सन्दीपले गत सिजनको बिग बास लिग खेलेपछि कुनै फ्रेन्चाइज लिग खेलेका छैनन् । उनले भिसा समस्याका कारण टी-२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड लिग गुमाएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया