काठमाडौं - मनसुन शुरु भएयता ६० जिल्लामा पाँच हजार १ सय १८ जना बासिन्दा विस्थापित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनाको मनसुनी विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
यो वर्ष मनसुनका कारण हालसम्म ४ सय ५१ वटा विपदका घटना भएका छन् । बाढीका ८२ घटनामा परेर २९ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । बाढीमै परेर आठ जना घाइते भएका छन् ।
देशभर विभिन्न स्थानमा गएको १ सय ८९ पहिरोमा परी ४० जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । सोही अवधिमा पहिरोमा परेर ५८ जना घाइते भएका छन् ।
प्रतिक्रिया