काठमाडौं - एनआइबीएल समृद्धि फण्ड–१ ले आफ्ना इकाईधनीलाई बुधबारबाट ३५ प्रतिशत नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको छ ।
फण्डले हालम्ममा डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाएको हो । यस्तै, फण्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।
यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइबीएल एस क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया