काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट नेपाल धितोपत्र बोर्डको सञ्चालकमा अन्जन श्रेष्ठले प्रतिनिधित्व गर्ने भएका छन् । महासंघ अध्यक्ष शेखर गोल्छाले वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठलाई बोर्डको सञ्चालकका रुपमा पठाउने तयारी गरेका हुन् ।
सर्वोत्तम सिमेन्टको शेयर विवादमा मुछिए पछि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबारदेखि नै लागू हुने गरी बोर्डको सञ्चालकबाट राजिनामा गरेका थिए । ढकालले महासंघ अध्यक्षलाई बोर्ड सञ्चालकको हैसियतमा नबस्ने जानकारी गराएसँगै गोल्छाले श्रेष्ठलाई पठाउन लागेका हुन् ।
बुधबार महासंघले आफ्नो तर्फबाट प्रतिनिधित्व गर्दै आएका ढकाल अब सञ्चालकको हैसियतमा नरहने व्यहोरा धितोपत्र बोर्डलाई जानकारी गराई सकेको छ । साथै महासंघले नयाँ व्यक्तिको नाम पनि केही दिनमा नै बोर्डलाई जानकारी गराउने बताइएको छ ।
सर्वोत्तम सिमेन्टको शेयर प्रकरण बाहिर आएसँगै अर्थ मन्त्रालयले छानबिन सुरु गर्दै गर्दा नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिए पछि ढकालले पनि नैतिक दवाबमा राजिनामा दिएका हुन् ।
प्रतिक्रिया