काबुल विमानस्थलमा अझै १० हजार नागरिक उद्धारको पखाईमा, अहिले सम्म कतिको उद्धार ?

४ बर्ष अगाडि

काठमाडौं - अफगानिस्तानको काबुल विमानस्थलमा अझै १० हजार नागरिक उद्धारको पखाईमा रहेका छन् । विमानस्थलमा भेला भएर बसेका उनीहरुलाई सुरक्षित रुपमा उद्धार गर्ने प्रयासमा रहेको अमेरिकाले जनाएको छ ।

अमेरिकी अधिकारी मेजर जनरल हेक टेलरले उद्धारको पर्खाइमा रहेका सबैलाई सुरक्षित त्यहाँबाट बाहिर निकाल्न आफूहरु केन्द्रित भएको बताउनु भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले जति सक्दो छिटो काबुल विमानस्थलमा रहेकाको उद्धार गर्ने जनाएको छ ।

अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जानकारी दिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया