काठमाडौं - वैदेशिक रोजगारका लागि युरोप मुलुक लिथुवानिया पठाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रामेछापको गोकुलगंगाका पोशबहादुर सुनुवारलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
वर्किङ भिसामा लिथुनिया पठाइदिने भन्दै ६ जनाबाट एक–एक लाख रुपैयाँका दरले ६ लाख रुपैयाँ लिएर सुनुवार सम्पर्क विहीन भएका थिए ।
प्रहरीले सुनुवारलाई वैदेशिक रोजगार ऐन अनुसार थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको बताएको छ ।
प्रतिक्रिया