वैदेशिक रोजगारीका लागि मलेसियामा भएका युवालाई एसईई उत्तीर्ण गराएपछि छानविन शुरु

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको  माध्यामिक शिक्षा परीक्षा ९एसईई० उत्तीर्ण गराएका विषयमा छानविन सुरुआत गरिएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत गोपाल सन्तलाई अंक थपेर २.७५ जीपीए ल्याई एसईई पास गराएका विषमा छानविन शुरु गरिएको हो ।

विद्यालयका प्राध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास हुन भएको बताए । उनले विद्यार्थीको भौतिक उपस्थिति बिना अंक दिनु परेको तथा अनुपस्थित लेखिनु पर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको प्रतिक्रिया दिए । कम्प्युटरमा नम्बर चढाउने समय गल्तीले नम्बर चढ्न गएको विद्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताए । नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने उनले बताए । गोपालका पिता राम सन्त सोही विद्यालयको कार्यालय सहयोगी रहेको हुनाले प्रधानाध्यापक चौधरीलाई प्रभावमा पारी परीक्षा फारम भरेको हुन सकिने आशका गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ सालमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ । कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापकसहितका मिलेमतोमा अधिकांश विद्यालयले एसईईको नतिजामा अनियमितता गरेको स्थानीयवासीको आरोप छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया