पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र एक हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा पाँच, उदयपुरमा चार, सङ्खुवासभामा तीन, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।
सो अवधिमा प्रदेशमा आजै ५५४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६० महिला र २९४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच महिलासहित ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ
यस्तै गण्डकी प्रदेशमा कारोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ । २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । केही दिनदेखि प्रदेशमा कोरोना संक्रमण र मृत्युदर क्रमश घटिएकोमा बुधबार मृतकको संख्या एक्कासि बृद्धि भएको हो । मंगलबार गण्डकीमा ४ जनाको मात्र मृत्यु भएको थियो भने ३७४ संक्रमित थपिएका थिए ।
बुधबार कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीमा ७, स्याङजा २, बागलुङ १, तनहुँ १ र पर्वतका १ सहित १२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–७ का ८६ वर्षीय पुरुष, पोखरा–१४ का ८२ वर्षीय पुरुष, पोखरा–२५ का ६५ वर्षीय पुरुष, पोखरा–२२ का ७७ वर्षीय पुरुष, पोखरा–१० की ९२ वर्षीय महिला, पोखरा–१४ की ४८ वर्षीय महिला र कास्कीको रुपा गाउँपालिका–३ का ६२ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी स्याङजाको विरुवा –१ का ४६ वर्षीय पुरुष, फेदीखोला–२ का ४८ वर्षीय पुरुष, पर्वत –११ का ६३ वर्षीय पुरुष, तनहुँ ब्यास–५ का ३९ वर्षीय पुरुष र बागलुङ ताराखोला–५ की ७४ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु भएको १२ जना मध्ये ७ जना पोखराका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २५९ जना पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६७६ जनामा गरिएको नमूना परीक्षणमा ४९६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २५२ महिला र २४४ जना पुरुष रहेका छन् ।
प्रदेशका ११ वटै जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य केन्द्रका संयोजक शर्माले बताए । कास्की १९८, बागलुङ ५९, स्याङ्जा २८, मुस्ताङ १६, मनाङ १६ म्याग्दी ८, पर्वत २५,गोरखा २१, लमजुङ ४, तनहुँमा २९ र नवलपरासी पूर्वमा ९२ जनामा संक्रमण देखिएको प्रमुख शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९ हजार ८९६ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७४ हजार २३९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ३८० पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ३९८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया