भारी अंकको गिरावट संगै नेप्से ३०७६.४४ विन्दुमा, कारोबार रकम पनि १२ अर्बमा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं- बुधबार पनि शेयर बजारमा उच्च गिरावट देखिएको छ ।

आज (बुधबार)  नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा पुगेको छ । नेप्से १.५५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.७६ अंकले घटेर ५६७.९९ विन्दुमा झरेको छ ।

कूल २२७ वटा कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५ सय रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंकको सूचक घटेको छ ।

बुधबार पनि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरममूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर ४ हजार ७ सय २६ रूपैयाँ ३० पैसा पुगेको छ । 

बुधबार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार नकारात्मक सर्किट लेभलमा भएको छ । कम्पनीको सेयरमूल्य ९।९८ प्रतिशतले घटेर ३ सय ५७ रूपैयाँ ३० पैसा पुगेको छ । 

यस दिन अरूण काबेलीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४८ करोड ७१ लाख ५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया