सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बस दुर्घटना भएको छ । बा।३ ख। ८०३० नम्बरको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । मृतकको सनाखत भैसकेको छैन् ।
लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बसमा सवार ३४ जना मध्ये ३२ जना घाइते भएका छन् । घाइते भएका २० जनालाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ । १२ जनाको स्थानिय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन् ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया