काठमाडौं - काठमाडौंको चण्डोलबाट स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा चण्डोल बस्ने बाराको सिमरा उपमहानगरपालिका-२ का ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका-२४ फसिकेस्थित होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक रिन्कु भन्ने अभिशेक अग्रवाल र सोही लिमिटेडमा काम गर्ने काठमाडौं कपन बस्ने काभ्रेपलाञ्चोको पाँचखाल नगरपालिका-१३ का ३६ वर्षीय मधुसूदन त्रिपाठी रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पौडेललाई काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट ३१ लाख रुपैयाँसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त नगद पौडेललाई अग्रवालले दिएको खुलेको हो ।
त्यसपछि अग्रवालको लिमिटेडमा खानतलासी गर्दा थप ५४ लाख ५६ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया