गण्डकी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति सार्वजनिक : पाँच तोला सुन काठमाडौं र तनहुँमा जग्गा, २५ लाख ऋण

४ बर्ष अगाडि

काठमाडौं - गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको २ महिनापछि मुख्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेवसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

विवरणअनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा बनेको ११ सदस्यीय मन्त्री मण्डलका ९ जना मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका हुन् । प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण बुझाएका छैनन् । 

मुख्यमन्त्री पोखरेलले सम्पत्ति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । उनले पेश गरेको विवरणमा कृषि विकास बैंकबाट २०७६ मा ऋण लिएको उल्लेख छ । उनले आम्दानीका रुपमा तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा रहेको उल्लेख गरेका छन् ।

त्यस्तै पोखरेलसँग पाँच तोला सुन, काठमाडौं र तनहुँमा जग्गा रहेको विवरण देखाएका छन् । श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँ मूल्यको एउटा घर रहेको उल्लेख छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया