काठमाडौं, साहस उर्जाको आइपीओ भर्ने अन्तिम दिन भदौ ११ गते शुक्रबार अन्तिम दिन हो । साहजले साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कुल ३५ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।
उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने भदौ २७ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सोलखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्टको बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको, सल्लेरी शाखा तथा प्राइम कमर्शियल बैंकको रमिते शाखाबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया