न्यादी हाइड्रोपावरको आईपीओमा साढे ७ करोड बढिको आवेदन, कहिले सम्म दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ७ करोड ५४ लाख ३९ हजार रूपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो ।

आठ दिनमा ३ हजार १२२ जना आवेदकहरूबाट ७ लाख ५४ हजार ३९० कित्ताका लागि आवेदन माग भएको कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल लिमिटेडले जनाएको छ ।

जसमध्ये आयोजना प्रभावित १६८ वटा आवेदनबाट १ लाख ४८ हजार ८३० कित्ताका लागि र २ हजार ९५४ जना लमजुङ्गबासीहरुबाट ६ लाख ५ हजार ५६० कित्ताको माग भएको छ ।

कम्पनीले लमजुङ जिल्लाका बासिनदाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । हालसम्म निष्काशित शेयरको ४१।९१ प्रतिशत शेयर सब्सक्राइब भएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । यस्तै छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ ३० गतेसम्मा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया