काठमाडौं, बुधबार नेपाल स्टक एक्सेन्च(नेप्से)मा कारोबार खुलेको करिब साढे दुई घण्टामा रिदी हाइड्रोपावरको करिब साढे ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ३ लाख ४१ हजार ५३७ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ ३५ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, शेयरमुल्य भने १.९६ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु १ हजार ५१ पुगेको छ । मार्केट डेपमा कम्पनीको १ लाख ३२ हजार ७४५ कित्ता खरिद माग भएको छ भने २४ हजार ८१८ कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया