काठमाडौं - नेपालीहरुको चाड तीज नजिक आइरहेको समयमा बिभिन्न तीजका गीतहरु बजारमा आइरहेका छन् ।
यसै बिच अमेरीकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको शव्दमा तीज गीत सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको श्वर रहेको यस गीतमा संगीत बिकाश चौधरीको रहेको छ ।
सार्वजनिक भिडियोमा अनु शाह र सिमा चौधरीको अभिनय रहेको छ । केहि सिनेमा तथा सयौ म्यूजिक भिडियोमा अभिनय गरेकि अनु रातो साडि र सिउँदो भरि सिन्दुरमा सजिएर यस भिडियोमा अभिनय गरेकि छिन् ।
यस गीतलाइ कमल राइले कोरियोग्राफि गरेका छन् । भिडियोको निर्देशन उषा मलाह सिम्रनले गरेकी हुन् । शिव ढकालको छायांकन रहेको यस भिडियोको सम्पादन बिर बहादुर थारुले गरेका छन् ।
प्रतिक्रिया