'फाइभस्टारमा होटलमै राखेको भएपनि त्यो सांसदहरुलाई थुनिएकै हो’: केपी शर्मा ओली

४ बर्ष अगाडि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्  ।पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले  उक्त आह्वान गरेका छन् ।

पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन आग्रह  गरे । उनले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए । 

ओलीले माधव नेपालप्रति कटाक्ष गरेका छन् । उनले एमाले फुटाउन सांसदहरुलाई घर(घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए ।

ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ ।

उनले रिसोर्ट वा चाहे फाइभस्टारमा होटलमै राखेको भएपनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर दावी गरे ।ओलीले त्यसरी सांसदहरुलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरुले प्रचार गरेको भन्दै वास्तवमा त्यो कुनै पार्टी कमिटीको बैठक नभएको दावी गरे । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया