मेगा म्युचुअल फण्ड १ मा आवेदन दिने बिहीबार अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं,मेगा म्युचुअल फण्ड १ मा आवेदन दिने भोलि (बिहीबार) अन्तिम दिन हो । भदौ ४ गतेदेखि बिक्री खुला गरेको बिहीबारभित्र माग अनुसार आवेदन नपरेमा भने भदौ १८ गतेसम्म पनि भर्न पाइनेछ । 

मेगा क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । यसमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरिएको छ ।
 
बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको हो । यस फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । १० वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया