जापानको एक कम्पनीमा नेपाली कामदारको माग, मासिक तलब एक लाख ८५ हजार बढि

४ बर्ष अगाडि

काठमाडौं - जापानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । जापानको kansai medical care cooperative association कम्पनीले केयर गिभरका लागि  ४ जना  नेपाली महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । 

कामदारले खान बस्नेको व्यावस्था आफै गुर्न पर्ने छ । तलब एक लाख ८५ हजार माथि रहेको छ । इच्छुक कामदारले एड्भेन्चर ह्युमन रिसोर्स प्रा.लि.को कार्यालय सितापाईला काठमाडौंमा भदौ १६ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च र कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा स्ट्याम्पीङ शुल्क, भिष शुल्क र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया