फिल्म ‘बेलबटम’ को रिलिज माथि खाडीका तीन देशले लगायो प्रतिबन्ध, कारण के ?

४ बर्ष अगाडि

काठमाडौं, अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ १९ अगस्टमा ठूलो पर्दामा रिलिज भएको छ । तर संसारभरी रिलिज भएको बेलबटममाथि खाडीका तीन देशले प्रतिबन्ध लगाएको छ । साउदी अरब, कुवेत र कतारमा यो फिल्मको प्रदर्शनमा अनुमती पाएको छैन । 

वास्तवमा यो फिल्म विमान अपहरणको कहानीमा आधारित छ । 

यसको कहानी सन् १९८४ मा भएको एक विमान अपहरणमा आधारित भएको बताइन्छ । त्यतिबेला यात्री विमानलाई अपहरण गरेर लाहौरबाट दुबई ल्याइएको थियो । 

सन् १९८४ मा भएको वास्तविक घटनाका अनुसार संयुक्त अरब इमिरेट्सका तत्कालीन रक्षामन्त्री शेख मोहम्मद बिन राशिद अल मकतूमले व्यक्तिगत रुपमा स्थिति सम्हालेका थिए र संयुक्त अरब इमिरेट्सका अधिकारीले अपहरणकर्तालाई पक्राउ गरेका थिए । 

तर यो फिल्ममा सिक्रेट मिशनलाई भारतीय अधिकारीले नै पूरा गरेको देखाइएको छ । त्यसैले फिल्ममा तथ्यमाथि छेडछाड गरिएको मानिएको छ । यद्यपि, यो फिल्ममाथि लागेको प्रतिबन्धका कारण आधिकारिक रुपमा कुनै जानकारी सार्वजनिक भएको छैन । 

४ बर्ष अगाडि

प्रतिक्रिया