काठमाडौं - चन्द्रागिरिमा दुई दिने बैठक सकेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
चन्द्रा गिरिबाट उनीहरु सिधै निर्वाचन आयोगमा पुगेका हुन् । नेकपा एमाले विभाजन गरी नयाँ दल दर्ता गराएपछि निर्वाचन आयोगले अनाखतका लागि शशरीर उपस्थित हुन निर्देशन दिएको थियो ।
पार्टी सनाखतका लागि उक्त पार्टीमा रहेका सबै सांसद र केन्द्रीय सदसयहरुसहित माधव नेपाल आयोगमा पुगेका हुन् । उक्त पार्टीमा एमालेबाट आएका ३१ सांसद र ६२ जना केन्द्रीय सदस्यहरु रहेको दावी गरिएको छ ।
नेपालसहित रामकुमारी झाँक्री, निरादेवी जैरु, मेटमणी चौधरी लगायतका नेताहरु साथमै गएका छन् । सनाखतपछि नै निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिने बताएको छ ।
यस्तै नयाँ दल दर्ताका लागि सनाखत गर्न लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेताहरू पनि निर्वाचन आयोग पुगेका छन् । जनता समाजवादी पार्टी ९जसपा०ले केन्द्रीय सदस्यबाट हटाएपछि महन्थ ठाकुरलगायतका नेताहरूले लोसपा दर्ताका लागि २ भदौमा निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
त्यसमा हस्ताक्षर गरेका केन्द्रीय सदस्यको सनाखत गर्न आज आयोगले बोलाएको थियो । यअसघि जसपाको आधिकारिकता प्रदान गर्न आयोगले सनाखत गर्दा ठाकुरको पक्षमा १६ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए भने उपेन्द्र यादवको पक्षमा ३४ जनाले उभिएका थिए ।
त्यतिबेला ठाकुरको पक्षमा उभिएका केन्द्रीय सदस्यले नै नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । आज उनीहरू सनाखत गर्नका लागि आयोग पुगेका छन् ।
प्रतिक्रिया