वैदेशिक रोजगारीका लागि कतार जान लागेका युवक विमानस्थलबाट लागूऔषधसहित पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीका लागि कतार जान हिँडेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ परेका छन् । 

मंगलबार बिहान कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका चितवन खैरेनीका २९ वर्षीय बुद्धिराज पाठक गाँजासहित पक्राउ परेका हुन् । विमानस्थल प्रहरीका अनुसार ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको साथमा ८ सय ग्राम गाँजा फेला परेको थियो । 

पाठकले ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदकि औषधी उद्योग गोकर्नेश्वर–१, काठमाडौं लेखिएको बट्टामा गाँजा लुकाएर झोलामा राखेको पाइएको बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया