काठमाडौं - नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकहरु नै कारबाहीमा पर्ने भएका छन् । अर्थ मन्त्रालयले शेयर बजार र सर्वोत्तमको शेयर कारोबार प्रकरण अध्ययन गर्न गठन गरेको समितिले बोर्डका पदाधिकारी नै गम्भिर आर्थिक अपराधमा संलग्न भएको निष्कर्ष निकालेको हो ।
अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्ट शेयर कारोबारको विवाद जटिल बन्दै गएपछि अध्ययनका लागि केही दिन अघि मात्र समिति गठन गरेको थियो । अर्थमन्त्रीको निर्देशनमा गठन भएको समितिले तयार गरेको प्रतिवेदन अनुसार धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकहरु नै गम्भिर आर्थिक अपराधमा संलग्न रहेको देखिएको हो ।
सर्वोत्तमको शेयरमा धितोपत्र बोर्ड अध्यक्ष तथा सञ्चालक नै जोडिएपछि बढेको विवाद व्यवस्थापिका संसदको अर्थ समितिमा समेत पुगेको थियो । समितिले बोर्ड अध्यक्ष, नेप्से प्रमूख कार्यकारी अधिकृतसँग छलफल गरी अर्थमन्त्रालयसँग समेत छलफल गरेको थियो ।
अर्थमन्त्रालयले अध्ययन समिति गठन गरेर अध्ययन भैरहेको हुनाले प्रतिवेदनको निष्कर्ष अनुसार काम कारबाही गरिने जनाएको थियो । अर्थ समितिले पनि दोषीलाई कारबाही गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । नेप्सेका प्रमूख कार्यकारी अधिकृतले भने मंगलबार नौतिकताका आधारमा राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया