काठमाडौं - अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना स्वदेश फर्किएका हुन् ।
यो सँगै हालसम्म अफगानिस्तानबाट स्वदेश फर्किने नेपालीको संख्या ७७० पुगिसेका छन् । उनीहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा राखिएको छ । पिसिआर परीक्षणपश्चात उनीहरूलाई घर पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई विभिन्न क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने निरन्तर समन्वय र सहजीकरण गरिरहेको छ ।
प्रतिक्रिया