काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६६ साल साउन ३२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भएको थियो । २०७५ असार ७ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएर २०७५ असार ३२ गते स्वीकृति प्राप्त गरी कारोबार सञ्चालन गर्दै आएको छ ।
कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०७३ भदौ ८ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र वि।सं २१०६ फागुन ६ गतेसम्म बाहल रहनेछ । यस कम्पनीले तेह्रथुम जिल्लाको मेन्छ्र यायम गाउंपालिकामा स्थित खोरुङ्गा र ईवाखोलामा ७।५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजना निर्माणकार्य सम्पन्न गरिसकेको छ ।
तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी पनि ४० करोड रुपैयाँ नै छ । जसमध्ये संस्थापक सेयरधनीबाट २८ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीयबाट ४ करोड रुपैयाँ गरी कुल ३२ करोड रुपैयाँ चुक्ता भइसकेको छ । सर्वसाधारण र कर्मचारीलाई जारी हुन लागेको ८ लाख कित्ता आइपीओ सबै बिक्री भएपछि कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया