नेपालसहित ६ देशका नागरिकको यूएई आवासीय भिसा थप, कहिले सम्म ?

४ बर्ष अगाडि

काठमाडौं - यूएईले आफ्नो मुलुकको आवासीय भिसा भएका नेपालसहित ६ देशका नागरिकको भिसा आगामी नोभेम्बरसम्म थप गरेको छ । यूएईको आवासीय भिसा भएका भारत, पाकिस्तान, नेपाल, श्रीलंका, नाइजेरिया तथा युगाण्डाका नागरिकहरुको भिसा अवधि ११ नोभेम्वर २०२१ सम्म रहने बताइएको छ ।

यो निर्णयले २० अप्रिल २०२१ देखि ९ नोभेम्वर २०२१ सम्म आवासीय भिसाको म्याद भएकालाई सहयोग पुग्ने बताइएको छ । यो निर्णयले गत २० अप्रिलमा आवासीय भिसाको म्याद सकिएकाहरु ११ नोभेम्बरसम्म यूएई जान पाउने छन् ।

यूएई सरकारले आवासीय भिसा प्राप्त नेपालीलाई ५ अगस्टदेखि आगमन खुला गरेको छ । यूएइले आफ्नो देश प्रवेश गर्नुभन्दा ४८ घण्टाअघि पीसीआर परीक्षणलाई अनिवार्य गराएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया