८० हजारसम्म मासिक तलबसहित कतारमा नेपाली कामदार,कामदारको संख्या कति ?

४ बर्ष अगाडि

कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको CONSULTANT SERV CARWASH AND CONSTR कम्पनिले ३५ जना नेपाली पुरुष कामदारको माग गरेको हो  । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । साथै कामदारले कम्पनी नियम अनुसार वार्षिक बिदा पनि पाउने छन् । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ४४ हजार माथि देखि ८० हजार माथि रहेको छ । इच्छुक कामदारले Almighty International Manpower Services Pvt.Ltd मा भदौ १३ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले बेहोर्ने पर्नेछ । 

यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया