काठमाडौं, अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ को कमाईले बलिउड फिल्मकर्मीहरु निराश भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो पटक सिनेमा हलमा रिलिज भएको यो फिल्मले बक्सअफिसमा कमजोर कमाई गरेको छ । ४५ करोडमा बनेको फिल्मले चार दिनमा १३ करोड ४५ लाख छापेको छ । फिल्मको पहिलो दिने कमाई २ करोड ७५ लाख थियो ।
कोरोना महामारीको समयमा रिलिज भएको फिल्म ‘मुम्बई सागा’ ले पहिलो दिन २ करोड ८२ लाख र अर्को फिल्म ‘रुही’ ले ३ करोड ६ लाख कमाएको थियो । यसको अगाडि ‘बेल बटम’ को कलेक्सन अपेक्षाभन्दा कम हो । माउथ पब्लिसिटी बलियो हुँदा पनि फिल्मले दर्शकको साथ पाएको छैन । फिल्ममा वाणी कपूर, लारा दत्ता, हुमा कुरेशी, आदिल हुसेनको पनि मुख्य भूमिका छ ।
प्रतिक्रिया