काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)चन्द्रसिंह साउद राजिनामा दिन अर्थ मन्त्रालयमा पुगेका छन् ।
साउदले आज साँझ ५ बजेबाट नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको पनि आयोजना गरेका छन् । पत्रकार सम्मलेनमा उनले राजिनामाको सूचना दिन लागेका बुझिएको छ । उनको कार्यकाल आगामी असोज २२ गते सकिँदैछ । हालै मात्र उनी सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा पनि मुछिएका थिए ।
प्रतिक्रिया