कुलमानको विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चले गर्‍यो अस्वीकार,माग्यो नियुक्तिको फाइल

४ बर्ष अगाडि

काठमाडौं, सर्वोच्च अदालतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा घिसिङविरुद्ध परेको रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले नियुक्तिसम्बन्धी फाइल झिकाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया