४४ हजार नगदसहित तास खेलिरहेका ६ जना पक्राउ

४ बर्ष अगाडि

कञ्चनपुर । भिमदत्त नगरपालिका ६ स्थित कार्की होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले सोही नगरपालिका ६ ऐठपुर बस्ने ५१ वर्षीय केशब राज भट्ट लगायत ६ जनालाई सोमबार राति पक्राउ गरेको हो । 

उक्त होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार ४ सय ९५ रुपैयाँ र ३ वटा मोटरसाइकल सहित पक्राउ गरेको हो । 
     

४ बर्ष अगाडि

प्रतिक्रिया