अहिलेका दुई हटकेक अभिनेता अनमोल र प्रदीपका सामाजिक सञ्जालमा कति छन् फलोअर्स ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रियता मापन गर्ने तराजु पनि बनेको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्ता सोसल मिडियामा फलोअर्सको आधारमा व्यक्तिको लोकप्रियता मापन गर्ने गरिन्छ । नेपालका केही कलाकारहरुले सामाजिक सञ्जालमा लाखौं फलोअर्स कमाएका छन् । अहिलेका दुई हटकेक अभिनेता अनमोल केसी र प्रदीप खड्का पनि फलोअर्सका धनी छन् ।
 
केही महिना अगाडिसम्म फेसबुक र इन्स्टाग्राम दुवैमा प्रदीपभन्दा अनमोलको फलोअर्स ज्यादा थियो । तर, अहिले फेसबुकमा उनलाई प्रदीपले करीब २१ हजार फलोअर्सले उछिनेका छन् । अनमोलको फेसबुक पेजमा ६ लाख ५२ हजारमाथि फलोअर्स छ भने प्रदीपलाई पछ्याउनेको संख्या ६ लाख ७१ हजारमाथि रहेको छ ।  
 
फेसबुकमा अनमोललाई प्रदीपले फलोअर्समा उछिने पनि इन्स्टाग्राममा अनमोल धेरैले माथि छन् । उनलाई इन्स्टामा पछ्याउनेको संख्या ३ लाख ५४ हजार रहेको छ भने प्रदीपको फलोअर्स संख्या १ लाख ४९ हजार मात्र छ । तर, इन्स्टाग्राममा प्रदीपभन्दा अनमोलले धेरै पोस्ट र फलो गरेका छन् । उनले पछ्याउनेमा ३ सय ९४ छन् भने अहिलेसम्म ४ सय ६७ वटा पोस्ट गरेका छन् ।
 
प्रदीपको फलोइंग लिस्ट भने खाली छ । उनले गत वर्षसम्म अभिनेता पल शाहदेखि उद्योगपति बरुण चौधरीसम्मलाई पछ्याउने गरेका थिए । तर, अहिले उनले इन्स्टामा कसैलाई फलो गरेका छैनन् । उनले हालसम्म १ सय ९० वटा पोस्ट गरेका छन् । (टिभीफिल्मी)

४ बर्ष अगाडि

प्रतिक्रिया