उपत्यकामा थप १ साता निषेधाज्ञा,राति ८ बजेपछि गाडी चलाउन पाइने र यी क्षेत्र अझै बन्द

४ बर्ष अगाडि

काठमाडौं उपत्यकामा पुनस् १ साताका लागि निषेधाज्ञा थपिएको छ। 

भदौ ९ गतेदेखि लागू हुने नयाँ निषेधाज्ञामा अब राति पनि गाडी चलाउन पाइने छ। यसअघि राति ८ बजेपछि अत्यावश्यक काम बाहेक सवारी चलाउन पाइँदैन थियो। 

स्थानीय ढुवानीका साधनहरु भने बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन। 

थपिएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्नर गराउन नपाउने जनाइएको छ।  

यस्तै, चोकरखुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नर गराउन नपाउने पनि जनाइएको छ। 

निषेधाज्ञामा पूजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पाइने छैन। यस्तै, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूसन सेन्टर, कोचिङ्ग सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन पाइने छैन। 

४ बर्ष अगाडि

प्रतिक्रिया