आज यी ५ कम्पनीको लगानीकर्ता मालामाल, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको अन्तिम समय सम्म गोर्खाज फाइनान्स, जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ । 

गोर्खाज फाइनान्सको शेयरमुल्य रु.१ हजार ४१०.२० र जीवन विकास लघुवित्तको शेयरमुल्य ४ हजार २९६ पुगेको छ ।

यस्तै, सेन्ट्रल फाइनान्सको शेयरमुल्य ७.४७ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.७७७, नेको इन्स्योरेन्सको शेयरमुल्य ५.०६ प्रतिशतले बढेर रु. १ हजार ५९३ र जनरल इन्स्योरेन्सको शेयरमुल्य ४.४९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.७८८ पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया