काठमाडौं, मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार खुलेको तीन घण्टामा अपि पावर हाइड्रोपावरको ४ लाख ३९ हजार बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ४ लाख ३९ हजार ९५३ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ २५ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, शेयरमुल्य भने ४.८७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ५८४ पुगेको छ । मार्केट डेपमा कम्पनीको १ लाख ४४ हजार ३३८ कित्ता खरिद माग भएको छ भने ४९ हजार ९१२ कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया