अरुण भ्यालीको झन्डै ७ लाख कित्ता खरिदबिक्री,कति कित्ता खरिद बिक्री माग ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार खुलेको सवा दुई घण्टामा अरुण भ्याली हाइड्रोपावरको झन्डै ७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । 

सो अवधीसम्म कम्पनीको ६ लाख ९९ हजार ५४० कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ ४७ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, शेयरमुल्य भने ३.०१ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ६७६ पुगेको छ । मार्केट डेपमा कम्पनीको १ लाख ४४ हजार १०८ कित्ता खरिद माग भएको छ भने ८५ हजार ४७७ कित्ता शेयर बिक्री माग भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया