विमान दुर्घटनाका दुई घाइते घर फर्किए

७ बर्ष अगाडि

काठमाडौँ- त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा गत सोमबार दुर्घटनाग्रस्त युएस बंगला विमानका घाइतेमध्ये दुईजना उपचारपछि आज घर फर्किएका छन् । 

काठमाडौँ कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराई आज घर फर्केका हुन् । 

अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि निको भई घर फर्कन लागेका दुवैजनालाई खादा लगाएर सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए  । दुर्घटनापछि उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएकामध्ये काठमाडौँको वनस्थलीका हरिप्रसाद सुवेदी र कीर्तिपुरका विनोदराज पौडेलको उपचार भइरहेको छ । 

गत सोमबार युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया