भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन, कहिले हुन्छ परीक्षा?

४ बर्ष अगाडि

संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । 

कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ । 

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए । 

३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड दिन सकिने बताउँदै बिद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए । 

सचिव थपलियाले अहिले भौतिक रूपमै परीक्षा लिने वातावरण बनेको  बताउँदै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया