तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले घट्यो, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार खुलेको ४० मिनेटमै तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले ओरालो लागेको छ ।

आज खानीखोला हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्टको शेयरमुल्य १० प्रतिशतले घटेको छ ।

खानीखोला हाइड्रोपावरको शेयरमुल्य प्रतिकित्ताको रु.३९६.९०, आँखुखोला हाइड्रोपावरको रु.४०९.५० र जोशी हाइड्रोपावर डेभलपमेन्टको रु.४०३.२० पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया