काठमाडौं, आज मंगलबार कारोबार सुरु भएको केही मिनेटमै नेप्सेमा खानीखोला हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । आज कम्पनीको शेयरमुल्य ४४.१० रुपैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु.३९६.९० पुगेको हो ।
यस्तै यो समाचार तयार पर्दासम्म कम्पनीको २६ हजार १६० कित्ता शेयर बिक्रीमाग भएको छ भने खरिदमाग शून्य रहेको छ ।
प्रतिक्रिया