प्रि ओपनिङ्ग सेसनमा साढे ५ अंकले बढ्यो नेप्से,३० कम्पनीको शेयरमूल्यले वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ५.५७ अंकले बढेको छ । यससँगै नेप्से ३१८६.४७ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने २८ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ६८ कम्पनीका २१ हजार ९२८ कित्ता शेयर १ करोड ८० लाख ६५ हजार २३१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया