मेरो माइक्रोफाइनान्सको शेयर लिलामी आजबाट खुल्यो, न्यूनतम भाउ कति ?

४ बर्ष अगाडि

काठमाडौं, मेरो माइक्रोफाइनान्स लघुवित्तको  आज (मंगलबार) देखि शेयर लिलामी खुला भएको छ ।

कम्पनीको ५ लाख ८३ हजार ५९८ कित्ता सेयर लिलामी खुला भएको हो । कम्पनीले संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको हो । यसमा न्यूनतम ५८० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

यसमा भदौ १६ गते दिउँसो २ बजेससम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।  बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया