सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरण गर्न बुकक्लोजको मिति तोक्यो, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले बुकक्लोज मिति तोकेको छ ।

फण्डले लाभांश वितरण गर्ने प्रायेजनका लागि भदौ १६ गते, एक दिन बुकक्लोज गर्ने घोषणा गरेको हो । त्यसैले, भदौ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले  आर्थिक वर्ष २०७७र०७८ का लागि ५० प्रतिशतका दरले हुन आउने ४३ करोड बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया