प्रदेश ५ को प्रदेश सभाको बैठक बस्दै

७ बर्ष अगाडि

प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक आज बस्दै छ ।गत पुष २६ गते सुरु भएको तेस्रो अधिवेशन आजसम्मका लागि स्थगित भएको थियो । बैठक आज दिउसो १ बजे बस्दै छ ।

आजको बैठकमा प्रदेश सभा सदस्यहरुले बिशेष समय लिएर समसामयिक बिषयमा बोल्ने र ३ वटा बिधियक टेवल हुने कार्यसुचि रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

बैठकमा प्रशारण सम्वन्धि बिधियक र प्रशासनिक कार्य्बिधि सहित अर्को एउटा बिधियक छलफलका पेश हुने छ ।पुष २६ गते बैठक सुरु भउपछी काग्रेसको महासमिति बैठकका कारण आजसम्मका लागि बैठक स्थगित गरीएको थियो । काग्रेस महासमिति बैठक अझै जारी भएकाले काग्रेसका आधा जसो प्रदेश सभा सदस्य आजको बैठकमा अनुपस्थित रहने सम्भावना काग्रेसका एक प्रदेश सभा सदस्यले बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया