आयल निगमलाई १५ दिनमा १ अर्ब घाटा–पेट्रोल, डिजेल,खाना पकाउने ग्यासको नँया मूल्य कति ?

४ बर्ष अगाडि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्य वृद्धि गरेको छ । निगमले आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल, आन्तरिक र अन्तराष्ट्रिय तर्फको हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल,  मट्टितेल र आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११३ रुपैयाँ तथा आन्तरिक तर्फको हवाई इन्धनको प्रति लिटर मूल्य ८६ कायम गरिएको छ । त्यस्तै अन्तराष्ट्रिय उडानतर्फ प्रति किलो लिटर १६ डलरले वृद्धि गरि ७७० प्रति किलोलिटर तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरि प्रति सिलिण्डर १४५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ  । 

मूल्य बढाउँदा पनि आफुलाई घाटा नै रहेको निगमले जनाएको छ ।निगमका अनुसार पेट्रोलमा कूल १९ करोड, डिजलमा १९ करोड ६ लाख र खाना पकाउने एलपी ग्यासमा ६२ करोड २२ लाख रुपैयाँ बराबरको घाटा रहेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया