तेह्रथुम पावरको आइपीओ निष्कासन भोलीदेखि, सर्वसाधारणलाई कति कित्ता ?

४ बर्ष अगाडि

तेह्रथुम पावर कम्पनीले भोली बुधबार (भदौ ९ गते) देखि आइपीओ निष्कासन गर्दैछ । 

कम्पनीले कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत हुन आउने ४० हजार कित्ता म्युचुअल फन्डलाई र २ प्रतिशतले हुन आउने १६ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ ।
 
उक्त समयसम्म सबै आइपीओ बिक्री नभएमा भने भदौ २३ गतेसम्म खुला रहनेछ । तेह्रथुमको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सकिन्छ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
 
मेरो सेयर एपमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ । रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रटिङ दिएको छ । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७।५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया