गोलबजारमा फेला परेको बम डिस्पोज: स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेट्यो

७ बर्ष अगाडि

सिरहाको गोलबजारमा फेला परेको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । गोलबजार नगरपालिका बडा नं. ४ स्थित नेपाल टेलिकमको टावर नजिक आज विहान फेला परेको बम नेपाली सेनाको श्री नयाँ गोरख गणबाट गएको बम स्पिोजल टोलीले डिस्पोज गरेका छन् ।
 
गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै पश्चिम दक्षिण तर्फ फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

 बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ । पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेकोले त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उलेख छ ।

 घटनास्थल भन्दा सय मिटरको दूरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेर आवत–जावत बन्द गरेको थियो । बम डिस्पोजपछि बाटो सुचारु भएको प्रहरीले जनाएको छ ।  बम भेटिएको ठाउँको स्थानिय बासि  त्रसितभएका छन ।
 
 

७ बर्ष अगाडि

प्रतिक्रिया